काठमाडौं
दुई साता अघि मगुमा भएको हत्याका आरोपीलाई प्रहरीले सार्वजानिक गरेको छ ।
घटना भएर २ हप्ता पुग्नलाग्दा पनि अपराधी पत्ता नलागेको भन्दै आलोचना हुन थालेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सहितको टोलीको सुक्ष्म अनुसन्धानबाट प्रहरी अपराधी सम्म पुग्न सफल भएको बताइएको छ । घटनामा तीन सन्तान र आमाको हत्या भएको थियो । आरोपीले हत्यागरेको स्वीकारीसकेको प्रहरीले जनाएको छ ।
घटनामा हत्या अफन्तबाट नै लुटपाटको उद्देश्यले भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीले २८ वर्षिय श्रीदेवी बोहरा तथा उनका तीन छोरा छोरीहरुको खुकुरी प्रहारगरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । हत्याका आरोपी श्रीदेवीकै मामाका छोरा तथा उनीसँग थप एक जना सामेल रहेको खुलेको छ । हत्यापछि उनीहरु श्रीदेवीले लगाएका गरगहना लुटेर फरार भएको र अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ ।