• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  मुख्य समाचार
  • ४५३ पटक पढिएको
  • शिक्षकहरु पुनः आन्दोलित हुँदै, शिक्षा इकाईमा बुझाए ध्यानाकर्षण पत्र

  • नारायण सापकोटा
  • २०८१ फागुन ९, शुक्रबार (३ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल
    नेपाल शिक्षक महासंघको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई धुलिखेलमा ध्यानाकर्षणपत्र बुझाइएको छ । काभ्रे जिल्लाभित्रका पेशागत संघ संस्थाका अध्यक्ष लगायतका पदाधिकारीको उपस्थितिमा पत्र बुझाएको हो ।

    शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई बुझाइएको पत्रमा शिक्षक आन्दोलन गर्नुपर्ने कारण सहित मागहरु जानकारी गराइएको छ । पत्रमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेशागत माग मुद्दा सम्बोधन गराउन नेपाल शिक्षक महासंघ निरन्तर क्रियाशील रहेको यस क्रममा २०७५,२०७८ र २०८० सालमा भएका आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतिहरु भएका स्थायी, राहत, साविक उ मा वि,शिक्षण सिकाई अनुदान,अस्थायी करार,प्राविधिक धार, विशेष शिक्षा,संस्थागत विद्यालयका शिक्षक,लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका विषयमा मागहरु समावेश रहेको जनाइएको छ ।

    विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी शीघ्रातिशीघ्र.विद्यालय शिक्षाऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको आरोप लगाइएको छ । शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने विषयमा आम शिक्षकको भावना विपरीत निवृत्तिभरण सम्बन्धी अध्यादेश जारी हुनुले यो कुराको पुष्टि भएको महासंघको दावी छ ।

    बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान शिक्षकको ग्रेड मिलान शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुबाट सरकारको शिक्षा, शिक्षक, कर्मचारी विरोधी सोच रहेको आरोप लगाइएको छ ।

    शिक्षा र शिक्षक कर्मचारीको हितका विषयमा २०८१ माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णयअनुसार आन्दोलन शुरु गरिएको भनिएको छ ।

    आगामी चरणमा अवरोधात्मक अवज्ञा, बहिष्कार र काठमाडौं केन्द्रित सडक.आन्दोलनका कार्यक्रमहरु तय गरिएका जानकारी गराइएको छ । विद्यालय शिक्षाऐन जारी नभए सम्म आन्दोलन नरोकिने बताइएको छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म रोकिने छैन.
    के के छन् मागका विषयहरु ?

    अस्थायी प्रकृतिका शिक्षकका सम्बन्धमा.
    राहत साविक उच्चमावि शिक्षण सिकाई अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई महासंघसँग २०८० सालमा भएको सहमति बमोजिम स्थायी गर्ने र अबदेखि फरक खालको सेवा सुविधा हुने शिक्षक कोटाहरु सिर्जना नगर्ने भनिएको छ । त्यसै गरी अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने व्यवस्था गर्नुपर्ने माग छ ।

    विद्यालय कर्मचारी सम्बन्धमा
    तहअनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्ने महासंघसँग भएको सहमतिअनुसार हुनुपर्ने शिक्षक सेवा आयोगबाट स्थायी गर्ने,अवकाश भएका र अवकाश लिन चाहने कर्मचारीलाई सुविधा दिने.

    बालकक्षा शिक्षक सम्बन्धमा
    बालविकास शिक्षालाई विद्यालय संरचनाभित्र ल्याउने,बालविकास कोटालाई स्वीकृत कोटा प्राथमिक तृतीय सरह मा परिणत गरी महासंघसँग भएको सहमति बमोजिम शिक्षक सेवा आयोगबाट स्थायीत्वको प्रक्रियामा लाने
    स्थायी शिक्षकको सम्बन्धमा.
    बढुवाको व्यवस्था.
    शिक्षक बढुवामा ४ श्रेणी (तृतीय द्वितीय प्रथम र विशिष्ट )को व्यवस्था गरी बढुवाकोअनुपात वृद्धि ६०ः२ः.१०ः५ गर्ने , हरेक १० वर्षमा.बढुवा हुने प्रबन्ध गर्ने.आवधिक बढुवा. गरिनुपर्ने
    त्यसैगरी आवश्यक शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको.बढुवा गर्दा तहगत प्राथमिक बाट निमावि र निमाविबाट मावि हुने व्यवस्था गर्ने  ।
    तलब ग्रेड का सम्बन्ध शिक्षण पेशाका केही तह श्रेणी प्राथमिक तृतीय प्राथमिक द्वितीय निमावि तृतीय र मावि. प्रथम को उच्चतम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारीको भन्दा कम रहेको  त्यसैगरी निम्न माध्यमिक प्रथम को तलब समान तह माध्यमिक द्वितीय उपसचिव भन्दा कम रहेको,यस खालको विभेदलाई सधैंका लागि अन्त्य गर्न शिक्षकको तलब र ग्रेड समान तह र श्रेणीका निजामती कर्मचारीको भन्दा कम हुने छैन भन्ने ऐनमा उल्लेख गर्ने.
    स्थायीको आन्तरिक प्रतिस्पर्धा.
    तल्लो तहमा स्थायी भएका शिक्षकको हकमा हरेक पटक खुला पहलमा शिक्षक सेवा आयोग खुल्ला पच्चिस प्रतिशत आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याइदिने ।
    निवृत्तिभरणको व्यवस्था.
    विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई प्रस्थान विन्दु मानी यसअघि स्थायी भएका सबै शिक्षकका लागि पुरानै प्रणाली अनुसार निवृत्तिभरण पाउने व्यवस्था गर्ने र त्यसपछि स्थायी हुने शिक्षक कर्मचारीको हकमा योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने ।
    अस्थायी सेवा अवधिको गणना विश्वविद्यालयमा जस्तै निवृत्तिभरण प्रयोजनका लागि शिक्षकको सबै अस्थायी अवधी गणना हुने व्यवस्था गर्ने.
    माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब बारे तल्लो तहमा स्थायी भएको शिक्षक खुला परीक्षाबाट माथिल्लो तहमा स्थायी हुँदा उसले पाउने तलब तल्लो तहमा स्थायी हुँदा पाएको तलब तथा ग्रेड को योग भन्दा कम हुने व्यवस्था गर्ने ।

    द्वन्द्व पीडित शिक्षक सम्बन्धमाः

    द्वन्द्वपीडित तथा शिक्षकको पेशागत संस्था बसेर लामो समय सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी नियमानुसार उपदान र निवृत्तिभरण दिने व्यवस्था गर्ने ।

    संस्थागत विद्यालयका शिक्षक सम्बन्धमा

     

    संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षक सरह कायम गर्न अनिवार्य व्यवस्था गर्ने, यस्ता शिक्षकको जिल्लास्थित शिक्षा सम्बन्धी कार्यालयमा रेकर्ड अध्यावधिक राख्ने र सबै शिक्षक कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने सामुदायिक विद्यालयको निजी स्रोतमा काम गर्ने शिक्षक कर्मचारीका लागि पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।

    प्रधानाध्यापकको व्यवस्था सम्बन्धमा प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने र पाँचवर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोगमार्फत प्रधानाध्यापकको पदपूर्ति गर्ने, प्रधानध्यापकलाई प्रशासनिक प्राज्ञिक नेतृत्व गर्ने बलियो र जिम्मेवार पदाधिकारीको रुपमा विकास गर्ने ।

    शिक्षक काउन्सिल सम्बन्धमा शिक्षक को रजिस्ट्रेसन तालिम र पेसागत विकासका क्षेत्रमा काम गर्ने गरी अधिकार सम्पन्न शिक्षण काउन्सिलको व्यवस्था गर्ने ।
    विभागीय कारबाही
    शिक्षकको विभागीय कारबाहीको अधिकार, जिल्ला, प्रदेश र संघका कार्यालयमा विभाजन गरी व्यवस्थापन गर्ने ।
    कार्यसम्पादन मूल्यांकन
    शिक्षकको कार्यसम्पादन मूल्यांकनको अधिकार विद्यालय शिक्षासम्बन्धी जिल्ला स्थित कार्यालय प्रादेशिक कार्यालयमा व्यवस्थित गर्ने ।
    शिक्षक कर्मचारीको सरुवा
    शिक्षकको सरुवाको हकमा पालिकाभित्र सरुवाका लागि शर्त र मापदण्डहरु निर्माण गर्ने, अन्तरजिल्ला सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्ने 
    प्रवेश, उमेर, शिक्षण पेशा प्रवेश उमेर ४० वर्ष गर्ने.
    विद्यालय व्यवस्थापन समिति अभिभावकको नेतृत्वमा अभिभावक कै बाहुल्य हुने गरी विद्यालय व्यवस्थापन समिति गठन हुने प्रबन्ध ऐनमा उल्लेख गर्ने ।
    जिल्लामा शिक्षाको एकाइ संघ र प्रदेश तहसँग सम्बन्धित रहेर काम गर्ने गरी जिल्ला तहमा शिक्षाको एकाइ रहने उक्त एकाईबाट एसईई एसएलसी परीक्षाको समायोजन र व्यवस्थापन शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको संयोजन तथा व्यवस्थापन शिक्षकको कार्यसम्पादन मूल्याङ्कन शिक्षक कर्मचारीको जिल्लान्तर सरुवा पालिकाहरु बीच शैक्षिक विषयमा समन्वय गर्ने शिक्षक काउन्सिल मार्फत गरिने कामको संयोजन र व्यवस्थापन शिक्षक किताबखाना सम्बन्धी कागजातको प्रमाणीकरण, शिक्षकको लामो विदा स्वीकृत जस्ता काम जिम्मा दिने ।
    पद समायोजन
    सोझै प्राथमिक, द्वितीय र निम्नमाध्यमिक द्वितीयमा नियुक्ति भएका र त्यसपछि बढुवा भएका सबै शिक्षकको समान तहमा पद समायोजन गर्ने ।
    विद्यालयको सम्पत्ति हस्तान्तरण
    विद्यालयको सम्पत्ति गएर शैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण गर्न नपाइने शैक्षिक प्रयोजनका लागि समेत यस्तो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार संघमा रहने व्यवस्था गर्ने ।
    प्राविधिक ग्रेड शिक्षण पेशा प्राविधिक पेशा भएकोले सबै शिक्षकका लागि थप प्राविधिक ग्रेड को व्यवस्था गर्ने ।
    शिक्षकको मर्यादाक्रम शिक्षाका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्ने
    शिक्षक दरबन्दी हरेक विद्यालयमा शिक्षक दरबन्दी व्यवस्था गर्दा आधारभूत १ –५ मा प्रधानाध्यापक बाहेक कक्षागत आधारभूत तह ६–८मा प्रधानाध्यापक बाहेक विषयगत र मावि तहमा प्रधानाध्यापक बाहेक विषयगत शिक्षकको व्यवस्था गर्ने हाल रहेका शिक्षक दरबन्दीहरु स्थानीय तहमा हस्तान्तरण नगर्ने । शिक्षक विद्यार्थी अनुपात.१ः ३० गर्ने।
    नेपाल शिक्षक महासंघ विद्यालयका शिक्षक कर्मचारीको पेशागत हकहितको प्राप्ति र संरक्षणका लागि नेपाल शिक्षक महासंघ रहने शिक्षकको ट्रेड युनियन अधिकार संरक्षण गर्ने ।
    शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता पालिका, जिल्ला,प्रदेश र संघमा रहेका शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेशाबाट पनि लैजाने प्रबन्ध गर्नुपर्ने ।
    अध्ययनमा आर्थिक सहयोग
    शिक्षकलाई उच्च अध्ययन अनुसन्धान र लेखनका लागि बिदा तथा आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने ।
    बाहेक मन्त्रालय वा नेपाल सरकारले निर्णय गरी गर्न सकिने कामहरु जस्तै विद्यालय कर्मचारीका छुटेका तलब दिने मासिक तलब भुक्तानी शिक्षक अस्पतालको व्यवस्था, शिक्षक सरुवा कार्यविधि खारेजी निवृत्तिभरण अध्यादेशको खारेजी जस्ता काम पनि सरकारले गर्न सक्नुपर्छ शिक्षण पेशालाई आकर्षक र पहिलो रोजाइको पेशा बनाउन यसको सेवा सुविधा अन्य पेसाभन्दा बढी हुने प्रबन्ध गर्न आवश्यक रहेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

    सोही पत्रमा काभ्रेपलाञ्चोक जिल्ला भित्रका विषय समावेश गरिएका ९ बँुदाहरु प्रति ध्यानाकृष्ट गराइएको छ । जसमा गाउँपालिका र नगरपालिकाको वास्तविक दरबन्दी एकीन गरी गाउँपालिका र नगरपालिका शिक्षा शाखामा पत्राचार गर्नुपर्ने । भौतिक को निर्माण गरी कार्य सम्पन्न भएका विद्यालयहरुको फरफारक हुन नसकेर विद्यालयहरुलाई समस्या भएकोले फरफारक प्रकृयालाई सहज बनाई चाँडो भन्दा चाँडो समस्या हल गर्नुपर्ने ।

    केही स्थानीय पालिकाहरुले व्यक्तिगत प्रतिशोध र राजनीतिक आस्थाका आधारमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरेको र कर्मठ शिक्षकहरूको सही मूल्यांकन गर्नुको सट्टा आफूनिकट शिक्षकहरुका कार्य सम्पादनमा अघि देखाउने कार्य भएकोले यस किसिमका कार्यलाई तत्काल रोक्नुपर्ने

    शिक्षक सरुवा अनियमितता भएको सबै पालिकाहरुले शिक्षक सरुवा निर्देशिका २०८१ प्रयोगमा नल्याएको तथा गरिएका सूचनाहरु पनि लुकाएको गुनासो बढेकाले यसलाई व्यवस्थित बनाउने कार्यलाई मजबुत बनाउँदै पालिकाहरुले प्रकाशन गरेका सूचना इकाईले पनि प्रकाशन गरी व्यवस्थित गरिनुपर्ने र सबै पालिकाहरुलाई शिक्षक सरुवा निर्देशिका २०८१ प्रयोगमा ल्याउन तथा पालिकागत विविधताको अवस्थाको अन्त्य गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने ।

    असोज १० देखि १२ सम्मको बाढी पहिरोले क्षति पुर्याएका विद्यालयहरुको कुनै किसिमको पुनर्निर्माण र प्रबलीकरण समेत नभएकोले सो को विवरण संकलन गरी सुधारको लागि पहल गर्नुपर्ने ।

    पालिकाहरुले गर्ने आधारभूत तह उत्तीर्ण परीक्षा एसईई परीक्षा लगायतका परीक्षामा एकरुपता र मर्यादित बनाउनुपर्ने ।
    लामो समयदेखि टि पि डी तालिम पूरा हुनबाट वञ्चित भएका कारण पुराना शिक्षकहरुको समेत बढुवा प्रभावित भएकोले त्यस प्रकारका शिक्षकहरुको लगत संकलन गरी तत्काल टि पि डी तालिमको प्रबन्ध गर्नुपर्ने ।

    एसईईको फर्म कक्षा ९ को रजिष्ट्रेशन फारम र एसईईको प्रयोगात्म अङ्क भर्ने कार्यकोे सूचना लगायत यस कार्यालयबाट प्रवाह हुने सूचना गर्दा प्रधानध्यापकको मोबाइल नम्बरमा.एस एम एस.मार्फत सूचना गर्ने प्रबन्ध मिलाउनु पर्ने ।

    इकाइबाट सम्पादन हुने आवश्यक प्रक्रिया पुगेका कार्यहरू समयमै चुस्त दुरुस्त र सेवाग्राही मैत्री तवरबाट हुने पर्ने भनिएको छ ।
    ध्यानकर्षण पत्रमा शम्भुप्रसाद घिमिरे अध्यक्ष नेपाल शिक्षक संघ जिल्ला समिति काभ्रेपलाञ्चोक,भीमसेन हुमागाई अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक,चेत लामा अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक,
    बासु थापा सचिव नेपाल शिक्षक महासंघ जिल्ला समिति काभ्रेपलाञ्चोक,प्रेमबहादुर बस्नेत अध्यक्ष प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक खड्क प्रसाद सापकोटा अध्यक्ष नेपाल शिक्षक परिषद् जिल्ला समिति काभ्रेपलाञ्चोकको हस्ताक्षर रहेको छ ।

    आगामी कार्यक्रम फागुन १५ गते प्रदेश सामाजिक विकास विकास मन्त्रालय २४ गते राजधानीमा बृहत प्रदर्शन गरिने र २६ गते पछि सरकारको भूूमिका हेरी थप कार्यक्रमको घोषणा गरिने शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

    • #शिक्षक
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

    पनौतीमा एक दिने स्वास्थ्य शिविर

    सरकार महासंघ वार्ता जारी,आम शैक्षिक हड्ताल सहित होला त सडक आन्दोलनको अन्त्य ?

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution