ललितपुर
नेपाल शिक्षक संघ बागमती प्रदेशको पाँचौ प्रतिनिधि सभा सम्पन्न भएको छ ।
माननीय डा. चन्द्रकान्त भण्डारीले सभाको उदघाटन गरेका थिए । भण्डारीले सभालाई सम्वाेधन गर्दै समाजमा सधै अग्रपंक्तिमा रहनुपर्ने शिक्षक र शिक्षणपेसा अपहेलित हनु दुःखद भएकाे बताए । शिक्षककाे पेसागत हक हितमा शिक्षकनेताहरू स्वर्गीय माेहन ज्ञवाली र विष्णु अधिकारीकाे याेगदान स्मरण गर्दै अधिकार प्राप्तिका लागि एकता जरूरी रहेकाे उल्लेख गरे ।
साथै सन्तानलाई देशमै टिकाउने र विकाउने शिक्षाकाे जरूरत रहेकाे भन्दै उनले त्यसका लागि सबै सराेकारवालाहरू जिम्मेवार बन्नुपर्ने तर्क गरे । सभा कुमारीपाटी स्थित ओमेगा कलेजमा भएको थियो ।
२ दिन सम्म संचालन भएको सभा फागुन १७ गते सम्पन्न भएको छ ।
भेलामा संघीय उपाध्यक्ष सुन्दर पन्त, उपमहासचिव एबम् प्रबक्ता नारायण प्रसाद तिमिल्सिना, तथा संघीय सदस्यहरु, महासंघका सदस्य, ट्रेड युनियन काँग्रेसका सदस्यहरु, कार्यसमितिका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, स्थानीय कार्यसमितिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
सभामा बिगत १ वर्षको समिक्षा र आगामी १ वर्षको योजना तर्जुमा गरिएको बताइएको छ । भेलाले १० बुँदे कुमारीपाटी घोषणा मार्फत नेपाल शिक्षक संघ बागमती प्रदेशको अवधारणा अगाडी सारेको महासचिव राजेशराज महतले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता दीपक सिम्खडा र कार्यक्रम संचालन महासचिव राजेश राज महतले गरेेका थिए ।