• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • ४४३ पटक पढिएको
  • विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

  • सरोज सापकोटा
  • २०८२ बैशाख ३०, मंगलबार (९ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    नेपालका समृद्ध सांस्कृतिक धरोहरहरू मध्ये एक, बनेपाको चण्डेश्वरी जात्रा केवल धार्मिक पर्व मात्र होइन, यो एक ऐतिहासिक, सांस्कृतिक र सामाजिक उत्सव हो । प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसर पारेर तीन दिनसम्म धूमधामका साथ मनाइने यो जात्रा, बनेपाको आत्मा नै हो जस्तो लाग्छ ।

    चण्डेश्वरीको आरम्भ
    चण्डेश्वरी जात्राको उत्पत्ति एक अद्भुत पौराणिक कथा सँग जोडिएको छ। सत्ययुगमा, चण्डासुर नामक दैत्यले भगवान महादेवको घोर तपस्या गरी अद्वितीय शक्ति प्राप्त गरेपछि देवगणमाथि आक्रमण शुरु गर्छ। देवगणले भगवतीको आराधना गर्दा देवी एक चम्पक वृक्षको फेदबाट प्रकट भइ चण्डासुरको वध गर्छिन्। दैत्यले मृत्युअघि महादेव स्थापना गर्न चाहन्छ, र त्यसैबेला चण्डेश्वर महादेवको उत्पत्ति हुन्छ।

    देवी चण्डेश्वरीको यो रूपलाई उग्रता, करुणा र विजयको प्रतीक मानिन्छ। बनेपाको चण्डेश्वरी मन्दिर, जहाँ यो जात्रा सम्पन्न हुन्छ, आज पनि उक्त चम्पक वृक्षको ठूटोलाई पूजा गरिन्छ — यो धार्मिक किम्बदन्तीलाई मूर्तरूप दिने जीउँदो प्रमाण हो।

    चण्डेश्वरी जात्राको विशेषता
    बनेपा काभ्रेपलाञ्चोकको एक पुरानो बस्ती हो, जहाँ संस्कृति र धार्मिकता जीवनशैलीको हिस्सा बनेको छ। यहाँको मुख्य अधिष्ठात्री देवी चण्डेश्वरी हुन्, जसको जात्रा वैशाख पूर्णिमाको दिनदेखि सुरु भएर तीन दिनसम्म मनाइन्छ।

    जात्राको समयमा धार्मिकता, संगीत, कलात्मकता र सामाजिक एकता सँगै देखिन्छ। यो पर्वमा न केवल बनेपावासीहरू, तर काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाबाट पनि हजारौं भक्तजन सहभागी हुन्छन्।

    पहिलो दिनः
    जात्रा वैशाख पूर्णिमाको अघिल्लो रातबाट सुरु हुन्छ। स्वधा टोलबाट सुरु हुने चिराग जात्रामा, बनेपावासीहरू विशेष चिराग बालेर लामबद्ध रूपमा चण्डेश्वरी मन्दिरतर्फ लाग्छन्। चिराग बाल्ने स्थानमा अग्निज्वाला नामक राक्षसको प्रतीकस्वरूप ठूलो आगो बालिन्छ, र त्यहाँ छुन नहुने धार्मिक मान्यता छ।

    त्यही रात, १२ वटा बोका बलि चढाइन्छन्, जसको मासु भोलिपल्टका लागि तयारी स्वरूप राखिन्छ। बली चढाइने यो संस्कार, चण्डेश्वरीको उग्र रूप र विजय उत्सवको प्रतीक मानिन्छ।

    दोस्रो दिनः
    बैशाख पूर्णिमाको दिनलाई चास पूर्णिमा भनिन्छ। यही दिन, सानो वा ठूलो खट (रथ) प्रयोग गरी देवीको नगर परिक्रमा गरिन्छ। खट स्वधा टोलबाट सुरु भई गणेशस्थान, घोगेचौर हुँदै चण्डेश्वरी मन्दिरसम्म पु¥याइन्छ।

    खट जात्रामा नेवारी परम्पराका बाजा, धिमे, पञ्चे, नेखिऊ, छुस्याहा आदि बजाइन्छ। जात्राको पूर्वसन्ध्यामा काटिएको बोकाको मासु पकाएर चोक्टाको रूपमा प्रसाद बाँडिन्छ — घरको छतबाट सिउले फालिएको मासु पाउनु ‘भाग्यमानी’ हुनुको संकेत हो भन्ने जनविश्वास रहेको छ।

    तेस्रो दिनः
    जात्राको अन्तिम दिन खट नगरका विभिन्न टोलमा लगिन्छ, देवीको गोप्य पूजा गरी पुनः मन्दिरमा ल्याइन्छ। विभिन्न स्थानमा भक्तजनहरूलाई फलफूल, प्रसाद बाँडिन्छ। कन्या बालिकाहरू र ब्राह्मणहरूले देवीलाई लशकुशले स्वागत गर्छन्। जात्राको यो चरण सामाजिक समावेशिता, महिला सहभागिता र धार्मिक समर्पणको अद्भुत संगम हो।

    केवल देवी नभई दृष्टिदेवी
    बनेपाका स्थानीयहरूका लागि चण्डेश्वरी मात्र एक देवी नभई, दृष्टिदेवी हुन् । जसले संकटको समयमा आश्रय दिन्छिन्, विजयको बाटो देखाउँछिन्। उनको पूजा गर्दा पहिला चण्डेश्वर महादेवको पूजा गरिन्छ किनभने ती शिवलिङ्ग पहिला स्थापना भएको जनविश्वास छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution