• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  अर्थ खबर
  • ८८१ पटक पढिएको
  • कसरी गर्ने केरा खेती जानिराखौ

  • २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    परिचयः
    केरा धेरै प्रचलनमा आउने महत्वपूर्ण फलफुल हो । कतिपय अफ्रीकन देशहरुमा यो भातका साटो प्रयोग गरीने बालीमा पर्छ । नेपालमा कैलाली, नवलपरासी, मोरंङ्ग र सुनसरी जिल्लामा यसको व्यवसायिक खेती भएको पाईन्छ । यति हुँदा पनि भारतबाट उल्लेखनीय मात्रामा केराको आयात भएको पाईन्छ । करेसाबारी स्तरमा पहाडी तथा तराईका जिल्लामा यत्रतत्र खेती भएको पाईन्छ ।

    हावापानी :
    केरा गर्मी हावापानीमा हुने बाली हो । यद्यपि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको पाईन्छ । कम तापक्रमबाट यसका पातहरुमा नोक्सान पुग्छ । नयाँ पातहरु र फलको वृद्धिलाई तापक्रमले धेरै असर गर्दछ । केरा खेतीका लागि औषत तापक्रम २६.७ डिग्री सेन्टीग्रेड र प्रति महिना १० से.मि. वर्षाको आवश्यकता पर्छ ।

    माटो :
    केराले पनि पानी जमेको सहन सक्दैन र यसलाई ५–७.५ पि.एच. सम्म भएको माटोमा खेती गर्न सकिन्छ । यस बालीलाई गहिरो दोमट,राम्रोसँग खुकुलो पारीएको माटाको आवश्यकता पर्दछ ।

    जातहरु :
    नेपालमा झापाली मालभोग, विलीयम हाईब्रिड, चिनीया चम्पा, हरिछाल, रोवस्टा र ड्वार्फ क्याविन्डीज जातको खेती गरीदै आएको पाईन्छ । नेपालमा हरीयो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाईने हुँदा पहेंलो केरामा मालभोगकेरा नै कृषकहरुले बढी रुचाएका छन् । कम पानीमा हुने पहाडी स्थानीय केराहरु पनि कृषकहरु माझ लोकप्रिय छन् ।

    प्रसारण :
    केरा सकरबाट प्रसारण गरिन्छ । पात कम चौडा भएको (क्धयचम क्गअपभच)बाट प्रसारण गर्दा उत्तम मानिन्छ । प्रति सकर १–१.५ के.जी. तौल र राम्रो पलाउने भाग (गुवो) भएको हुनुपर्छ । बैलैमा राम्रो उत्पादन गर्नका लागि छानिएका उच्च गुणस्तरका प्रसारण सामाग्रीहरुले मद्दत पुर्याउँदछ ।

    केरा रोपण :
    खाडल ४५ से.मि. × ४५ से.मि. × ४५ से.मि. को साईजमा खनिन्छ । प्रति खाडल २०–२५ के.जी. राम्ररी पाकेको कम्पोष्ट मल राखिन्छ । छानिएका सकरहरुको अनावश्यक पात र केही लामा जराहरु काटिन्छन् र त्यसलाई चिम्ट्याईलो माटोमा डुबाईन्छ । प्रति सकरलाई ३० ग्राम फ्यूराडान छरीन्छ । यसबाट केरामा लाग्ने गवारो र डाँठमा लाग्ने गवारो साथै निमाटोडको नियन्त्रणमा मद्धत गर्दछ । केरालाई रोप्ने उत्तम समय भनेको असार साउन महिना हो । यद्यपी राम्रो सिंचाईको व्यवस्था भएको ठाउँमा जाडो महिना बाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ ।

    मलखाद :
    रोबस्टा जातको केराका लागि प्रतिबोट युरीया ३४१.२१ ग्राम, डि.ए.पी. २३९.१३ ग्राम र पोटास ४१६.६७ ग्राम आवश्यकता पर्दछ । युरीया र पोटासलाई रोपेको ३०, ७५, १२० र १६५ दिनमा ४ भागमा विभाजन गरी प्रयोग गरिन्छ । डि.ए.पी.भने सुरुमा नै सबै मात्राको प्रयोग गरीन्छ ।पुराना केराहरुको बगैचाको लागि केवल १०० ग्राम युरीया, ५० ग्राम डि.ए.पी. र २०० ग्राम पोटास मलको आवश्यकता पर्छ । यसको साथसाथै प्रति विरुवा १० ग्राम म्याग्नेसियम सल्फेट र नगन्य मात्रामा सूक्ष्म तत्वहरुको मिश्रण राख्दा राम्रो हुन्छ । मलहरु केरा पसाउनु अघि दिनु पर्दछ । साधारणतया केरा रोपको ६ महिना पछि तराईमा केरा पसाउँछ ।

    सिँचाई :
    हलुका माटो र गर्मीमा केरा खेतीलाई बढी सिँचाईको आवश्यकता पर्छ । केरा बढी पानीको आवश्यकता पर्ने बाली हो । सकर हटाउने केरा पसाउनु अघि एउटा मुल पसाईको बोट छाडेर सबै सकरहरुलाई हटाउनु पर्छ । केरा पसाईसकेपछि एउटा सकर भने छाड्नु पर्छ। झारपात नियन्त्रण सकेसम्म केरा बालीमा झारहरु हातले नै हटाएको राम्रा हुन्छ । तर ठूला ठूला बगैँचामा श्रमिकको अभावका कारण ग्लाईकोफस्फेट १ के.जी. (सक्रिय तत्व) प्रति हेक्टर बाली रोप्दाखेरी नै राख्नुपर्छ र सोको आधा के.जी. सक्रिय तत्व प्रति हेक्टर रोपेको ३० र ६० दिनमा प्रयोग गर्दा उत्तम मानिन्छ ।

    सुपली हटाउने :
    यसले केराबालीमा लाग्ने फिंगर टिप रोग हटाउन मद्दत गर्दछ । सुपलीलाई केरा कलिलो हँुदै हटाउनु पर्छ । तर सबै केराका काँगीयो निस्की सकेको र बाङ्गिन थालेको हुनुपर्दछ ताछ्ने सुकेका पातहरु केराको बोटमा देखिनासाथ हसिँयाले काटेर निकाल्नु पर्दछ ।

    टेका दिने :
    अग्ला केराको जातहरुलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनु पर्छ ।

    उकेरा लगाउने :
    रोपेको २–३ महिनापछि माटोको केराको बोटमा उकेरा लगाईन्छ र पानीको सोझै सम्पर्कबाट बोटलाई बचाईन्छ ।

    केराको काँगियोको आकार बढाउने :

    रोवस्टा, नयाँ पुभन जस्ता जातहरुमा औला आकारको काँगियो हुँदा १०–२५ मिली ग्राम प्रति लिटर पानीमा २,४–डी स्प्रे गर्दा केराको काँगियो बढेको पाईन्छ ।

    पसाएको केरा हटाउने :

    केराको घरी निकाली सकेपछि ३०–४० दिनभित्र बोट काटेर हटाउँदा तलका बचरा केराका कोसाहरुमा खाद्य पदार्थको आपुर्ति भै केराको राम्रो वृद्धि हुन्छ ।

    रोगहरु

    क) पनामा विल्ट :
    यो रोग कम लाग्ने जातहरुमा रोवस्टा र ड्वार्फ क्याविन्डीज हो र यसको अतिरिक्त जमिनमा पानी जमाउने र बाली चक्र अपनाउने गर्नुपर्छ । २ प्रतिशत्को कार्वेन्डाजिम ३ एम.एल.प्रति केराको बोटमा राख्दा यस रोगको प्रकोपलाई घटाउन सकिन्छ ।

    ख) पातमा थोप्ला आउने रोग :

    यो रोग कम लाग्नका लागि अन्तर बिरुवा बिचको खाली ठाउँ बढी हुनु आवश्यक हुन्छ । अथवा ०.१ प्रतिशतको क्याक्जिन र स्टिकर समेत प्रयोग गर्दा प्रभावकारी नियन्त्रण हुन्छ ।

    ग) बन्चिटप :

    यो भाईरसबाट लाग्ने रोग भएका कारण शंकास्पद रोगी विरुवाहरुलाई जरैदेखी निकालेर आगोमा जलाईदिने ताकी अन्यत्र फैलन नपावस् । बिरुवा छान्दा निरोगी बिरुवा छान्नु पर्छ । रोपेको ७५–१६५ दिनमा कार्वोफ्यूरान प्रयोग गरिन्छ ।

    कीराहरु

    क) गवारोः

    केराको गवारो स्वस्थ निरोगी सकरहरुको छनौट गरी रोपण गर्ने, त्यति गर्दा पनि नभएको अवस्थामा १०–१५ ग्राम प्रतिवोट कार्वोफ्यूराडान गेडा प्रयोग गर्न सकिन्छ ।

    ख) थ्रिप्स  :

    केरा बालीमा लाग्ने थ्रिप्स किरा नियन्त्रण गर्नका लागि मालाथायन झोल २ एम.एल. प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ ।

    ग) निमाटोड :

    ५५ डिग्री से. तातो पानीमा १० मिनेटसम्म केराका सकरहरुलाई डुबाएर निमाटोडको नियन्त्रण गर्न सकिन्छ । साथै २ के.जी. कार्वोफ्यूराडान सक्रिय तत्वको प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ ।

    केराको घारी काट्ने
    जब केराका काँगियोहरु बाङ्गीन थाल्छन् र गुदि पुरा भरिन्छन् तब केराको घरी काट्न सकिन्छ । केरा पकाउन सकिने फल भएकोले बजार मूल्य बुझेर ढिलो वा चाँडो बाली लिन सकिन्छ । सामान्यतया केरा ९ देखि १२ महिनासम्ममा फल लाग्नेगर्दछ । त्यसको २–३ महिनापछि मात्र फल काट्ने लायकको हुन्छ । त्यस अवधिभरि सिंचाई, गोडमेल र कीरा नियन्त्रणमा ध्यान दिइरहनुपर्दछ । केरा पूरै छिप्पिएको छ छैन भनि जान्नको लागि कोसाको टुप्पो मा काला–काला फूलहरु सुकेको देखिने गर्दछन् तिनीलाई हातले छुदा झर्ने गरेमा केरा छिप्पिएको छ भनी जान्नुपर्दछ ।

    केराको बोट काट्दा एक मिटर जमिन माथि बाट बोटको घार काट्नु पर्दछ, जमिन सतहबाट काट्नु राम्रो हु‘दैन, किन भने त्यसमा रहेको पोषक तत्व बॉकी रहेमा बोटहरुलाई काम लाग्ने हुन्छ, त्यसैले एक मिटर माथिबाटै काट्नु रामो हुन्छ । एकपटक लगाएको केराको बोट कति वर्षसम्म रहन दिदा राम्रो फाइदा लिन सकिन्छ भन्नेमा त्यस ठाउ‘को माटो, हावापानी र गोडमेल आदिमा भरपर्दछ, तैपनि भन्नुपर्दा बसराई, हरिछाल र रोवस्टा जातलाई तीन बालीसम्म एउटै ठाउ‘बाट लिन सकिन्छ, त्यसपछि नयॉ ठाउ‘मा पुनः बेर्ना रोप्नु राम्रो हुनछ ।

    उत्पादन
    क्यावेन्डिज जातको केरा ५०–१०० मे.टन/हेक्टर उत्पादन हुन्छ । कम हरिया केरा लगाउँदा राम्रो हेरविचार पुर्याएको अवस्थामा धेरैमा १५० टन÷ हेक्टर उत्पादन भएको पाईन्छ ।साधारण जातहरुको उत्पादन ४० टन /हेक्टर भएको पाईन्छ । एक विगाहामा (१६०० विरुवा) लगाएको केरा वालीवाट रु.५–८ लाख आर्जन गर्न सकिन्छ ।

    कृषिसूचना डट कमबाट
    • #केरा खेती
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नवदुर्गा सहकारीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

    गोरखनाथ विद्यालयका विद्यार्थीलाई सिन्धु विकास बैंकद्वारा स्टेशनरी सहयोग

    नसर्ने रोग: मौन महामारी

    शिक्षामा समर्पित यात्रा: बनेपाबाट अस्ट्रेलियासम्म रोहित दंगालको प्रेरणादायी योगदान

    स्वास्थ्यमन्त्री पौडेललाई केन्द्रीय सदस्य हुमागाईंको प्रश्न -बिमाबाट स्वास्थ्य उपचार सुविधा किन बञ्चित गरियो ? ?

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution