• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

११ महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

१ दिन अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

२ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

४ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

२ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

३ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

४ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • १०६ पटक पढिएको
  • वनमा जानाजान आगो झाेस्छ मान्छे

  • २०८१ माघ २९, मंगलबार (४ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौँ : नेपालमा पछिल्ला दिनमा वन डढेलो र आगलागीका घटना बढ्दै गएको छ। वन डढेलोमा प्राकृतिक भन्दा धेरै मानवीय कारणहरू देखिएका छन्।

    प्राकृतिक रुपमा लाग्ने आगो चट्याङ्ग पर्दा, ज्वालामुखी विस्फोटन हुँदा, रुखमा रुख घर्षण हुँदा वा ढुंगाहरू पल्टिँदा, विद्युत प्रसारण लाइन सर्ट भई लाग्ने गर्दछ तर यस्तो प्रकारले लाग्ने आगो जोखिम कम तथा न्यून हुने वन डढेलो अध्यता सुन्दरप्रसाद शर्मा बताउँछन्।

    वनमा आगो : मानवीय कारण

    मान्छेले वनमा जानाजान र नजानेर वा लापरबाहीका कारण आगो लगाउने गरेको पाइएको छ। कुनै सीमित स्वार्थ पूरा गर्ने उद्देश्यले मान्छेले जानीबुझी नै वन क्षेत्रमा आगो लगाउने गरेको भन्दै शर्माले जंगलमा घाँस पलाउने र गाईवस्तुलाई खुवाउने गलत धारणाबाट प्रेरित भएर आगो लगाइदिने गरेको पाइएको बताए।

    उनका अनुसार, जंगली जनावरको सिकार गर्ने उद्देश्यले तीनलाई भगाउन, मार्न र घाइते जनावरको खोजी गर्ने क्रममा, माहुरीको मह झिक्दा, रुख काटेर चोरी गर्ने र अपराध लुकाउन ठुटाहरूमा आगो लगाउने गरेको पाइएको छ।

    यस्तैगरी, खराब नियत राखेर रिसिइवीले पनि वनमा आगो लगाइदिने गरेका घटना छन्। हिउँदमा बिँडी, चुरोट खाएर ठूटा वनमा फालिदिने र वन्यजन्तुलाई भगाउन र वन्यजन्तुको प्रकोप कम गर्ने निहुँमा पनि मान्छेले जंलमा आगो लगाउने गरेका छन्। राम्रो घाँस पलाउँछ भनेर, सुकेको घाँस डढाउने अभिप्रायसँगै खोरिया फँडानीबाट आएका झ्यास बाल्दा र कोइला अर्थात् गोल पोलेर आगो ननिभाइ छाड्नाले पनि वनमा डढेलो फैलिने गरेका छन्।

    वन क्षेत्र नजिकको खेतबारीमा रहेका पात पतिङ्गर थुपारेर आगो लगाउँदा फैलिएर जंगलमा पुग्ने, वनक्षेत्रमा वनभोज खाने, बटुवाले खाना पकाएपछि आगो त्यसै छाडिदिँदा, गोठाला, घाँस दाउरा गर्न जाने तथा वन छेउका सडकमा यात्रा गर्ने यात्रीहरूले चुरोट सल्काएर सलाईका काँटी र चुरोटका ठुटा ननिभाइ फालिदिँदा तथा दुर्व्यसनीको लापरबाहीले पनि नजानेर वनमा आगो लागेको वन डढेलोका अध्यता शर्माले बताए।

    वनमा मानवीय उपद्रोको तथ्यांक

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदिप छत्कुलीका अनुसार ६४ प्रतिशत डढेलो एवं आगलागी जानाजानी हुने गरेको छ।

    त्यसमध्ये गोठालाले नयाँ घाँस पलाउँछ भन्ने आशमा लगाउने आगो ३० प्रतिशत, वन्यजन्तुको सिकार गर्नेले लगाउने आगो ७ प्रतिशत, सम्पत्तिको रक्षा गर्न अथवा वनमा डढेलो लागेर घरसम्म आई ध्वस्त पार्छ भन्ने डरले पहिले नै जंगलतिर लगाइदिने आगो ६ प्रतिशत छ।

    यस्तैगरी अवैध रुपमा रुख चोरी कटान गर्नेले लगाउने आगलागी ५ प्रतिशत, वनमा अतिक्रमण गरी घर वस्ती बसाउँछु भन्नेले ५ प्रतिशत, वन, खोरिया फँडानी गरेर अन्न बाली (धान, मकै, कोदो) लगाउँछु भन्नेले लगाउने आगलागी ५ प्रतिशत रहेको छ भने जडिबुटी संकलन गर्न पनि जानाजानी आगो लगाउने गरेको पाइएको उपसचिव छत्कुलीले जानकारी दिए।

    नेपालमा नजानेर, झुक्किएर वा लापरबाहीले लाग्ने आगलागी ३२ प्रतिशत छ। कहिलेकाहीँ बालबालिकाले लगाउने, कोइला बनाउँदा, उज्यालो बाल्दा झुक्किएर लाग्ने, कृषि कार्य (उखुका खोइला, पराल, बालीका ठुटा लगायत) का वस्तु जलाउँदा लापरबाही वा नजानेर या झुक्किएर लाग्ने गरेको छ।

    ‘आगो जानाजानी र झुक्किएर पनि लागेको छ, जुन स्वार्थले भएपनि मान्छेमा वनप्रतिको अपनत्व बोध कम भएर नै वनमा आगो लगाउँछ’, उपसचिव सुदिप छत्कुलीले भने, ‘हावाबाट, हिउँदे वर्षा कम भएर, सुक्खापन बढेर वा बढ्दो तापक्रमका कारण हुने आगलागी नियन्त्रण गर्न सक्दैनौँ तर मानवीय कारणमा नियन्त्रण गर्न सकिन्छ।’

    सचेतनाको कमीसँगै वनमा डढेलो लगाउँदा कानुनी कारबाहीको भागिदार बन्नुपर्छ भन्ने थाहा नपाउँदा पनि मान्छेले आगो लगाउने गरेको शर्मा बताउँछन्। वन ऐन २०७६ अनुसार जंगलमा डढेलो लगाउनुलाई कसुर गरेको मानिन्छ।

    राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा, वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिज कार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने कार्य गरे वा गराए कसुर गरेको मानिने छ।

    जंगलमा डढेलो लगाए वा डढेलो लाग्ने कार्य गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रूपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

    ‘डढेलो लगाउनु कानुनतः अपराध हो तर यो कुरो मान्छेले नबुझेर पनि आगो लगाएको हुनसक्छ’, डढेलो अध्यता शर्माले भने, ‘जंगलमा आगो लगाए कसले देख्छ भनेर वेवास्ता समेत गरेको पाइन्छ।’

    वन ऐनले जंगलमा आगो लगाउने मान्छेको सुराकी दिनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ। ऐन बमोजिम कसुर हुन लागेको सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने व्यक्ति र संस्थालाई कसुरदारलाई हुने जरिवानाको दश प्रतिशत पुरस्कार स्वरूप दिइनेछ भनिएको छ।

    डढेलोबाट औसत क्षति

    नेपालमा वन डढेलोका कारण औसतरुपमा वार्षिक ८ जनाको मृत्यु, ८ जना घाइते, ९१ वटा घर गोठ जलेर नष्ट हुने गरेको छ।

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले संसद्‍मा जानकारी गराए अनुसार पछिल्लो एक महिनामा मात्र ४१३ वटा वन डढेलो र आगलागीका घटना भएका छन्, जसबाट ९ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। यस्तैगरी ३२६ चौपाय मरेका छन् भने ५३ वटा भौतिक संरचना नष्ट भएका छन्।

    हिउँ पर्ने समयमा हिमाली जिल्लामै वन डढेको लागेको छ, कतिपय स्थानमा लागेको डढेलो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। मनाङको चामे गाउँपालिकाको तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि निभेको छैन र जंगलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरण क्षेत्र नष्ट भएका छन्।

    जुम्लाका केही स्थान, रसुवा र नुवाकोट बीचमा पर्ने जंगल, सिन्धुपाल्चोकको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगको वन, काभ्रेको महाभारतमा रहेको सामुदायिक वनमा पनि भीषण आगलागी भएको थियो। जुम्लामा घर नजिकैको रुपाकोट सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको मृत्युसमेत भयो। सिन्धुपाल्चोकका आधा दर्जन वन क्षेत्रको ८२ हेक्टरमा रुख, बोट विरुवा नष्ट भएका छन् भने चरा चुरुंगी, जनावर प्रभावित भएका छन्।

    के गर्दैछ सरकार?

    जंगलमा आगो लाग्दा चरन क्षेत्र, वन्यजन्तु तथा पशुपन्छीको वासस्थान मासिने, बहुमूल्य काठहरू, औषधीय जडीबुटी नष्ट हुने गरेका छन्। सरकारले पूर्वतयारी नगर्दा आगलागी र डढेलो नियन्त्रण बाहिर जाने गरेको सरोकारवालाको दावी छ।

    ‘चैत लागेपछि डढेलोका घटना बढ्ने सम्भावना छ, सरकारले पूर्व तयारी के गर्दैछ?’ प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद विन्दबासिनी कंसकारले प्रश्न गरिन्। पछिल्ला दिनहरूमा भएका आगलागीका केही घटनाहरू सरकारको लापरबाहीको परिणाम भएको उनको दावी थियो।

    नेपालमा विगत २० वर्षको तथ्यांक हेर्दा वार्षिक सरदर ३ हजार वन डढेलोका घटना हुने र करिब २ लाख हेक्टर वनमा क्षति पुग्ने गरेको छ। करिब ६५ प्रतिशत वन डढेलो चैत र वैशाख मध्यतिर नै लाग्ने गर्छ।

    संसद्‍ बैठकमा सांसदहरूले आगलागी र डढेलोका सन्दर्भमा प्रश्नहरू उठाएपछि मन्त्रालयको प्रयास र पहलबारे जानकारी गराउँदै मन्त्री शाहीले डढेलो नियन्त्रण गर्नु सबैको दायित्व भए पनि सहकार्य र समन्वयको अभाव औँल्याए। भौगोलिक अवस्थासँगै साधन स्रोत एवं तालिमको अभावका कारण वन डढेलो लगिसकेपछि नियन्त्रण गर्न गाह्रो र जोखिमसमेत भएको भन्दै मन्त्री शाहीले लाग्न नदिनु नै नियन्त्रणको प्रमुख उपाय हुने बताए।

    उनले संसदीय समितिबाट प्राप्त निर्देशनअनुसार कार्ययोजना बनाएर प्रकृया अगाडि बढाएको, जनचेतना व्यवस्थापन, दस्ता परिचालन गरिएको, डढेलो नियन्त्रण गर्न वन कार्यक्रममार्फत १ करोड ५४ लाख रूपैँया व्यवस्था गरिएको जानकारी दिए। तराईका राजमार्ग आसपासलाई बढी केन्द्रित गरी दस्ता परिचालन गरिएको छ।

    संसदीय समितिले पनि सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको थियो।

    डढेलो नियन्त्रणका लागि जनचेतना फैलाउन र डढेलोलाई विपदका रुपमा मानेर छुट्टै दस्ता बनाउन, डढेलो नियन्त्रणका लागि प्रयोग गर्ने नविनतम प्रविधि ‘बम्बी बकेट हेलिकप्टर’, पोर्टेबल फायर पम्पको व्यवस्था गर्न र १५ दिनभित्र पूर्वतयारीको खाका पेश गर्न निर्देशन दिइएको संसद्‍को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले बताइन्।

    याे सामग्री थाहा खबर डटकमबाट साभार गरिएकाे हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    शिक्षक आन्दोलनको आज सातौं दिन, शिक्षा ऐन माग गर्दै शिक्षकहरु सडकमा

    शिक्षा विधेयक : नेताहरूले चालु अधिवेशनमा पारित नहुने बताएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

    थकान कम गर्न तथा राम्रोसँग सुत्न अपनाउनुपर्ने ५ उपाय

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution