कृष्ण कमल कुँइकेल
जीवन्मै सहजै हुँदैन चिजयो सोचे पुरानै हुने
साच्चैनै छ त यो अजीव दुनियाँ बाँच्नैनि गाह्रो हुने ।
के हो यो किन यो अचम्म दुनियाँ देख्दैन दुःख कतै
के गर्ने भन यो जिएर तलमा छैनन्त आफ्नै कठै ।।
जीवन्ले किन हो सदैव दुःखले छोड्दैन क्याहो सधै
पीडाले पनि भन्दछन् नि मनलाई मेरो कुरानै सधै ।
आकाशे जनलाई हेरि बसने एक्लो म मात्रै भएँ
भाग्य मै किन छैन हो सुखमाई आनन्द साथै गए ।।
आजै हो किन यो कहाँ तर तिमी लाग्यौ नि साँझै उनी
चोखो यो मनलाई फालि किन हो एकै कुराले उनी ।
मात्रै यो मनले तिमी रहरले माया गरेको थिएँ ।
भन्दैछिन् करले उनी किन यहाँ बोल्दिन भन्दै गए ।।
यादैमा बस है उनी सुखभइ मायालु भन्दै अझै
होला है मनले तिमी अबसधै विर्सन्न होला अझै ।
एकै कारणले छुटे छ जसको संबन्ध सबै गयो
मायाँको अधुरो भएछु टुहुरा प्रेमै त मेरो छ यो ।।
उन्लेनै प्रथमै तिमी अवगयो भन्दै थिइन् आज हे
मैलेकै गरि सोधि आज उनलाई भन्छु के हो त के ।
आफ्नै हो किन होइनौ भनी तिमी मात्रै तिमी आज है
हुन्न है भन मात्र आज किन हो बिर्सन्छु भन्दैन न मै ।।
कहाँ छौ भनहे तिमी जुनभइ मयालु कहाँ गयौ
मात्रैहो किन लौ अझैनि अबहे टाढा तिमी नै भयौ ।
तिम्रै यो मनको मनै सबकुरा भन्नेत कहाँ सधै
मनमा सब भावनाछ कविता कापी छ मात्रै अझै ।।
सहनै अब यो कुरा सबभनौं के हो त सङ्क्षेपमा
भन्नेकै सहजै मुनी किन त यो वातै छ केपो ममा ।
के भयो भनि सोद्दछन् त के भनु के हुन्थ्यो नि एकै गरी
अन्तिम्मा कविले सबै भनिगयो अन्त्यानी गर्ने सरी ।।
