• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  बिचार
  • ७१२ पटक पढिएको
  • शिक्षा ऐन, बर्तमान आवश्यकता र शिक्षक आन्दोलन

  • २०८२ बैशाख १, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    • नवराज सापकोटा

    नागरिकका लागि जीवनको आधारभूत पक्षको रुपमा रहेको शिक्षा गुणस्तरीय र सहज बनाउनु सरकारको दायित्व हो । उक्त कार्यलाई सहजीकण गर्नु शिक्षा क्षेत्रमा आवद्ध लगायत हर नागरिककोे जिम्मेवारी हो । जसले राष्ट्रको समृद्धि र नागरिकको चेतनास्तर निर्धारण गर्छ ।
    नेपालको सन्दर्भमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन विगत केही दशकदेखि विविध नीति निर्माण तथा कार्यक्रमहरु संचालन नभएका होइनन् तर कार्यान्वयन पक्ष कमजोर भएकै कारण शिक्षा क्षेत्र समस्या युक्त छ । शिक्षा व्यवस्थित र गुणस्तरीय बनाउनका लागि समय सापेक्ष विश्व परिवेश सुहाउँदो शिक्षा ऐन जरुरी छ ।

    नेपालमा सर्वसाधरणको सहज पहुँचमा औपचारिक शिक्षा प्रणालीको थालनी २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि भएको हो । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने विविध प्रकृयाहरु सँगै २०२८ सालमा पहिलोपटक शिक्षा ऐन जारी गरिएको थियो । नेपालको शिक्षालाई व्यवस्थित गराउने महत्वपूर्ण कदम अन्तर्गत नेपाली शिक्षा जगतका लागि यो कोशेढुङ्गा नै सावित बन्यो । जसले शिक्षाको संरचना, विद्यालय व्यवस्थापन संचालन, शिक्षकको नियुक्ति, तलब–सुविधा जस्ता विषयमा कानुनी आधार तयार ग¥यो ।

    राज्यको शासन व्यवस्था र शिक्षा प्रणाली एक अर्काका परिपुरक हुन् । नेपालमा जुन समयमा शिक्षा ऐन जारी भएको थियो, उक्त समयमा पञ्चायतकालिन शासन व्यवस्था थियो । उक्त शासन व्यवस्था पछि नेपालमा प्रजातन्त्रको पुनः स्थापना भयो । त्यसको २ दशक नबित्दै आमूल परिवर्तन स्वरुप लोकतान्त्रिक शासन व्यवस्था स्थापना भयो जुन पहिलो ऐन निर्माण हुँदाका बखत भन्दा पूर्णरुपमा भिन्न शासन व्यवस्थाको रुपमा छ । जसलाई हामी भोगिरहेका छौ ।

    २०२८ साल पछिका वर्षहरूमा आवश्यकताका आधारमा पटक–पटक शिक्षा ऐन संशोधन मार्फत उक्त ऐनद्वारा निर्देशित शिक्षा प्रणालीमा नेपाली शैक्षिक गतिविधि चलिरह्यो । उक्त ऐन हाल सम्म नौ पटक संशोधन भइसकेको छ । संशोधनरुपी टालटुले कामचलाउ रुपमा रहेको उक्त ऐन अझै एकीकृत, समावेशी र संघीयताको मर्मअनुसार परिमार्जन जरुरी छ । जुन अहिलेको माग हो । बर्तमान संविधान २०७२ ले संघीय शासन प्रणालीमा नागरिकका लागि शिक्षा अधिकारको पुनःसंरचना गरेको छ । उक्त संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नयाँ शिक्षा ऐनको आवश्यकता झनै महशुस भएको छ ।

    नयाँ शिक्षा ऐन किन ?
    क. संघीयता र स्पष्ट अधिकार बाँडफाँड
    संघियता कार्यान्वयनसँगै प्रशासनीक बाँडफाँड तीन तहमा छ । शिक्षा ऐनले ती तीन तह संघ, प्रदेश र स्थानीय तहबीच शिक्षा सम्बन्धी भूमिकाको स्पष्ट परिभाषा गर्नु जरुरी छ । हालको अवस्थामा तीनै तहबीच दोहोरो अधिकार र जिम्मेवारीको अन्योल रहेको छ । यसको व्यवस्थापन ऐन मार्फत हुनु जरुरी छ ।

    ख. शिक्षक व्यवस्थापनको विषय
    विविध प्रकारका शिक्षकहरु व्यवस्थापनमा पहिले नै चुनौती थियो । संघियता कार्यान्वयन पछि शिक्षकका प्रकार अझै थपिएका छन् । यस प्रकारका शिक्षकहरूको व्यवस्थापन, स्थायीकरण, समायोजन, सरुवा र सेवाशर्त सम्बन्धी विषयमा एकरूपता जरुरी छ ।

    ग. गुणस्तरीय शिक्षा प्रवाह
    शिक्षा ऐनले शिक्षा भित्रका विविध विभेदहरुको अन्त्य गर्न सक्नुपर्छ । समान पहुँच, गुणस्तरीय शिक्षा, आधुनिक पाठ्यक्रम र प्रविधिको समावेश सुनिश्चित गर्नुपर्छ । भुगोल, क्षेत्र तथा वर्ग बीचको शिक्षा र गुणस्तरको खाडल अन्त्य हुनुपर्छ ।

    घ. अन्तर्राष्ट्रिय अभ्याससँग मेल
    विश्वमा केही त्यस्ता राष्ट्रहरु छन् जसका शिक्षा प्रणाली उत्कृष्ट मानिन्छन् । विशेष गरी सिङ्गापुर, फिनल्याण्ड लगायतका अनुकरण योग्य शैक्षिक प्रणालीको सिको गर्दै लचिलो, गुणस्तरीय तथा परिणाममुखी शिक्षा प्रदान गर्ने विषयहरु ऐनमा समावेश हुनुपर्छ ।

    शिक्षक आन्दोलनका कारण, स्वरूप र प्रभाव
    माथि उल्लेखित विषयहरु समाविष्ट शिक्षा ऐन जारी गरिनु पर्ने शिक्षकहरुको माग पुरानै हो । उक्त विषयलाई लिएर यस अघि पनि आन्दोलन नभएका होइनन् । ती आन्दोलनहरु वार्ता र सहमति पछि टुङ्गिए तर कार्यान्वयनमा सरकारले इमान्दारिता देखाएन । पूर्व शर्तबमोजिम ऐन जारी गर्नमा आलटाल गरिरह्यो । सरकारले ल्याएको शिक्षा ऐन मस्यौदामा शिक्षकहरूको भूमिका र सुरक्षाको प्रत्याभूति नभएको शिक्षकहरुको ठहर भयो ।

    गत हिउँदे अधिवेशनबाटै ऐन जारी हुने पूर्व सहमति भए पनि २०८० भदौमा संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलमा रहेको छ । हिउँदे अधिवेशनबाटै विधेयक पारित गर्ने प्रतिबद्धता विपरित ऐनका खाका विषयमा थप छलफल आवश्यक रहेको भन्दै उपसमिति निर्माण गरी छलफलका लागि जिम्मा लगाइएको छ । उक्त समितिमा ऐनका विषयमा गम्भिरता पूर्वक छलफल नै भएन । अन्ततः शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले आन्दोलन थाले । शिक्षकहरुको अनिस्चितकालिन सडक प्रदर्शन पछि उप–समितिले दु्रत गतिमा छलफल थालेको छ ।

    शिक्षकका माग तथा सुझाव विपरित प्रस्तावित शिक्षा ऐनमा शिक्षकको सहभागिता शुन्य र शिक्षालाई पूर्णरूपमा निजामतीकरण गर्ने योजना अघि सारियो । शिक्षाको अधिकार स्थानीय तहलाई दिने प्रस्ताव गरियो, राहत तथा करार बालविकास, विद्यालय कर्मचारीहरुको भविष्य निस्चित देखिएन् । यस लगायत शिक्षकहरूको सेवाशर्त र पेशागत सुरक्षा जस्ता विषयमा समस्या देखियो ।

    परिणाम स्वरुप शिक्षकरुको चरणबद्ध आन्दोलन घोषणा गरे जुन देशभर जिल्ला, राजनीतिक दलका केन्द्रीय कार्यालय हुँदै रिले अनसन पछि राजधानी केन्द्रीत सडक आन्दोलन सम्म पुग्यो । देशभरका शिक्षकहरूले विद्यालय बन्द, सडक प्रदर्शन, धर्ना र कार्य बहिष्कारजस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

    शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप
    शिक्षा क्षेत्रमा पछिल्ला वर्षमा राजनीतिक प्रभाव बढेको आँकलन गर्न सकिन्छ । शिक्षकको नियुक्ति, स्थानान्तरण र पदोन्नति जस्ता विषयमा राजनीतिक भागबन्डा, सिफारिस र दबाबले गुणस्तरमाथि नकारात्मक असर पारेको आरोप लाग्ने गरेको छ । जसका कारण योग्य शिक्षकको उपेक्षा, विद्यालय व्यवस्थापन समितिमा दलगत भागबन्डा जस्ता समस्याहरू रहेका छन् । यसबाट शिक्षा ऐनले राजनीति–निरपेक्षता, पारदर्शी र योग्यतामा आधारित व्यवस्थालाई प्राथमिकता दिनुपर्ने स्पष्ट देखिन्छ ।

    के हुन सक्छ समाधानका उपाय ?
    शिक्षा ऐनमा संघ, प्रदेश, र स्थानीय तहका कार्यक्षेत्र र अधिकारहरू यथोचित रूपमा परिभाषित गरिनुपर्छ । संविधानमा विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर संघ सरकार मातहतका शिक्षक कर्मचारी स्थानीय तह अन्तर्गत रहँदा शिक्षा र शिक्षकमाथि राजनीति झनै बढेको गुनासो छ । यस विषयमा दिगो समाधानको उपाय पहिल्याउनु जरुरी छ । नेपालमा शिक्षकको स्थान र शिक्षक प्रतिको व्यवहार अपेक्षाकृत नभएको गुनासो छ । सबै तहका शिक्षकलाई उपयुक्त सेवा–शर्त, तलब, सुविधा र पदोन्नति प्रणाली लागू गर्नुपर्छ ।
    शिक्षक प्रतिनिधि, विज्ञ, अभिभावक, र विद्यार्थीको सहभागितासहित ऐनको निर्माण वा संशोधन हुनुपर्छ, विद्यालय र शिक्षक व्यवस्थापनमा पारदर्शिता र नीतिगत स्वायत्तता प्रदान गरिनुपर्छ । समयानुकुल परिवेश सुहाउँदा जनशक्ति निर्माण गर्ने उद्देश्य सहित प्रविधिको समावेश, व्यावसायिक शिक्षा, र दक्ष शिक्षक उत्पादनतर्फ भूमिका खेल्न सक्ने व्यवस्थाको जरुरी छ ।

    नेपालको शिक्षा क्षेत्र एउटा निर्णायक मोडमा छ । शिक्षकहरूको आन्दोलन र सरकारको नीति निर्माण प्रक्रियाबीच गहिरो दूरीको आभाष रहेको टड्कारै देखिन्छ । जसले शिक्षा प्रणालीमा गहिरो असर पार्न सक्छ । समस्या समाधानमा समावेशी, व्यवहारिक र आधुनिक शिक्षा ऐनको निर्माण अपरिहार्य छ । शिक्षा ऐन केवल कानुनी कागजी स्वरुप मात्र होइन, यो त सम्बृद्ध राष्ट्रको भविष्य निर्माण गर्ने दस्तावेज हो । तसर्थ सबैपक्ष सचेत बनी जिम्मेवारी प्रदर्शन गर्नु जरुरी छ ।

    • #शिक्षा
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution