रेजिना के.सी
पछिल्लो समयमा मानिसहरूमा आफ्नो व्यक्तिगत भलाई अर्थात् अङ्ग्रेजीमा भन्नुपर्दा Personal wllebings का बारेमा निकै चासो अनि रुचि बढेको पाइन्छ । यस बारेमा सबै सरोकारवाला र समाजर नीति निर्मातालाई जानकारी छ त ? के शिक्षकहरूका विभिन्न संगठनहरूको नेतृत्व गर्नेहरूलाई र निजि विद्यालय सञ्चालक तथा सामुदायिक विद्यालयका क्षेत्रमा सक्रिय भएर काम गरिहेका शैक्षिक अभियन्ताहरूले यस विषयलाई बुझेका छन् त रु यी कुराहरू म आफू पनि एउटा शिक्षक भएका नाताले मनमा उठिरहन्छ र धेरै शिक्षकहरूले सुनाउने गर्नुहुन्छ ।
कल्याण भन्नाले आरामदायी जीवन स्वस्थ, खुसी अनि सन्तुष्ट भन्ने हो । अथवा कल्याण भन्ने बित्तिकै ध्भििदभष्लन ठिक छ वा छैन भन्ने बुझिन्छ । अङ्ग्रेजीको यो शब्द निकै प्रचलनमा आएको बेलामा मैले पनि यसको अनुभव गर्न विभिन्न लेख रचना अनि पुस्तकको अध्ययन पनि गरिरहेको छु । किनकी काठमाडौँ विश्वविद्यालयबाट यही शिक्षकको कल्याण लाभ भन्नाले के के कुरा पर्ने रहेछ भन्ने विषयमा नै सोधपत्र तयार पार्दैछु । म अहिले यसै विश्वविद्यालयबाट शिक्षा तथा समाजशास्त्र संकायबाट विधावारिदी पनि गर्दैछु ।
वास्तवमै एउटा व्यक्तिको जीवन शारीरिक, मानसिक, भावनात्मक अनि सामाजिक सबै क्षेत्रबाट सबल अनि सन्तोषजनक हुँदा मात्र उसले आफ्नो जीवनकोमा कल्याण भएको महसुस गर्दो रहेछ । शिक्षकहरूले आफूलाई यो विषयमा कहाँ पाउँदा रहेछन् रु भन्ने कुरामा मैले विभिन्न शिक्षकहरूसँगको भेटमा फरक फरक धारणा पाउने गरेको छु ।
किनकी कल्याण एक बहुपक्षीय अवधारणा रहेछ जुन व्यक्ति अनि समाजको संरचना अनुसार फरक पाइने रहेछ । कुनै पनि सिद्धान्त वा विधिले यो यति नै हो भनेर नाप्ने कुनै पनि किसिमको मापदण्ड अपर्याप्त हुन सक्छ । किनभने यो व्यक्ति स्वयंको मानसिकता र उसले सामना गर्ने सीपहरू अनि उनिहरूले आफ्नो जीवनमा भोगेका कठिनाइहरूलाई सामना गर्ने उपायहरू नै विशेषत यसलाई प्रभाव पार्ने तत्वहरू हुने गर्छन ।
शिक्षकहरूकै कल्याणलाई मध्यनजर गरेर भन्नुपर्दा, शिक्षक कल्याणले शिक्षकहरूको समग्र मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई नै जनाउँछ । उनिहरू पनि यही समाजको अभिन्न अंग हुन जो दिनरात सम्पूर्ण बालबालिकाहरूको भविष्य निर्माणका लागि अहोरात्र खटिरहेका हुन्छन् । हुन सक्छ केही शैक्षिक व्यवस्था सामग्रीको अपर्याप्तता वा यसको उपलब्धताको अभाव पनि अहोरात्र खटिरहेका हुन्छन् र छन् पनि ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गत ऋएभ्ऋ केन्द्रमा कार्य गर्दै गर्ने क्रममा विभिन्न विद्यालयहरूसँगको सहकार्यमा यो विषय माथि अझ जान्ने अवसर प्राप्त भयो । काठमाडौँमा मात्रै नभएर देशका अन्य स्थानमा रहेका विभिन्न विद्यालयहरूको अवलोकन गर्ने क्रममा विभिन्न शिक्षकहरूसँग साक्षात्कार गर्ने मौका पनि मिल्यो । आफू यही विषयको एक विद्यार्थी भएकोले पनि होला मेरो नजर घुमफिर शिक्षकको क्रियाकलाप उसको भोगाई अनि अनुभवलाई उसको कल्याण अनि भलाईसँग जोडेर हेर्न पुगी हाल्दो रहेछु ।
मैले विभिन्न शिक्षकहरूसँगको भेटमा सोध्ने गरेको छु विद्यालयको र शिक्षकहरूको अहिलेको अवस्था कस्तो छ ? विद्यालयले कस्तो शैक्षिक सामाग्री अनि अवसरहरू दिने गरेको छ ? अनि पेसागत वृत्ति विकासमा यहाँहरूको सक्रियता, सहभागिता अनि अवसर विद्यालयबाट कस्तो पाउनु भएको छ ? यस सवालमा शिक्षकहरूको अनुभव फरक फरक पाउने गरेकोछु । तर, एउटा कुरा सबैको एउटै र चिन्ता पनि उही भएको पाएको छु । शिक्षण पेस असाध्यै धेरै तनावयुक्त हुँदै गइरहेको शिक्षकहरूको भोगाई रहेको सुनाउनु हुन्छ । यस्तो हुनुको कारण पेसा प्रतिको आकर्षण कमहुँदै जानु, शिक्षण पेशालाई सम्मान नगर्नु र समाजले शिक्षकलाई सम्मानको दृष्टिले नहेर्नु हो । योसँगै शिक्षकहरूले भन्ने गर्नुहुन्छ आफ्नै विद्यार्थीले भनेको नटेर्ने, अभिभावकले शिक्षकलाई सम्मानको दृष्टिकोणले नहेर्ने लगायत यस्ता धेरै समस्या सुनाउने गर्नुहुन्छ । आखिर सबैलाई चाहिने शिक्षा र शिक्षाबिना हरेक मानिस अपुरो हुन्छ भन्ने समाजले त्यही शिक्षा बाड्ने शिक्षकलाई किन सम्मानजनक दृष्टिकोणले हेर्दैन त रु गम्भीर प्रश्न हो ।
विद्यालयले निरन्तर पेसागत वृद्धिको लागि यस्ता तालिम अनि सहकार्य जुटाइदिन पनि हम्मे छ । हामीलाई तालिम दिनुहोस् बरु शैक्षिक भत्ता चाहिदैन भन्दा पनि त्यो किसिमको सुनुवाइ हुँदैन । यसर्थ धेरै विद्यालय अवलोकन गर्दाको अनुभवले के बतायो भने आर्थिक पाटोको भन्दा बढि सामाजिक सम्मान अनि शिक्षकको व्यक्तित्व र पेसागत सम्मानमा बढि चिन्तित अथवा तनाव शिक्षकहरूमा भएको मैले पाए ।
शिक्षकहरू बडो दुबिधामा अनि निराशामा अल्झेको देखियो । कारण मात्र उसको पेसागत सम्मान अनि कल्याणको कुराले । यसप्रकारको दुविधाको गाँठो कसले फुकाउन सक्छ । शिक्षकको भलाईको र पेसागत सम्मानको बारेमा कसले सोच्ने त अब ? सुन्दा सामान्य लाग्ला तर यो बडो गहन विषय अवश्य छ ।
जब शिक्षकहरूले उच्च स्तरको तनाव र असन्तुष्टि अनुभव गर्छन्, यसले बर्नआउट हुन सक्छ, कामको कार्य सम्पादन घटाउँछ, पेसागत विचलित हुन सक्छ । यदि हामीले शिक्षकहरूलाई सामर्थ्य, मूल्यवान् अनि उनिहरूको पेसागत विकासका लागि केही गर्छौ त्यसले सकारात्मक शैक्षिक वातावरणको निर्माण गर्छ भनेर विभिन्न सोध पत्रहरूले बताएका छन् । किनभने सकारात्मक वातावरण विद्यार्थीको शैक्षिक उन्नतिको सूत्रधार पनि हो । विभिन्न प्रकाशित लेखहरूले भनेअनुसार विद्यार्थीको नतिजामाा सकारात्मक शैक्षिक वातावरण अनि शिक्षकको कल्याणको गहिरो प्रभाव रहेको हुन्छ । जब शिक्षकले कल्याणको कमी अनुभव गर्छ, यसले विद्यार्थीहरूको शैक्षिक अनुभव र उपलब्धिहरूमा नकारात्मक परिणाम ल्याउन सक्छ ।
विभिन्न शोधपत्र अनि लेखनहरूले यो पुष्टि गर्दै आइरहेका कारणले शिक्षकको कल्याणलाई संरक्षण गर्नु शिक्षकहरूका लागि मात्र होइन, विद्यार्थीहरूको समग्र शैक्षिक अनुभव र सफलताको लागि पनि महत्वपूर्ण हुने गर्छ ।
विद्यालय र शैक्षिक संस्थाहरूले शिक्षकको हितलाई बढावा दिने उपायहरूमा प्राथमिकता दिन आवश्यक छ, जस्तै पेसागत वृत्ति विकास, परामर्श सेवा, व्यवस्थित कार्यभार, अभिभावक र शिक्षकबिचको अन्तरक्रिया अनि विद्यार्थी मैत्री सकारात्मक वातावरण जस्ता कुराहरू यसको सहायक हुनसक्छ । जसले गर्दा शिक्षकहरूमा पेशाप्रतिको सकारात्मक चत्रको सिर्जना गर्न सकिन्छ । जहाँ शिक्षकको कल्याणले शिक्षक विद्यार्थीबिचको सम्बन्धलाई पनि सकारात्मक पार्न सकिन्छ ।
लेखक रेजीना केसी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन पिएचडी स्कोलर्स हुनुहुन्छ तथा विश्वविद्यालयको CPEC अन्तर्गत रहेर विभिन्न विद्यालयहरूको वृत्ति विकासका लागि काम गरिहनु भएको छ ।-एजुकेसन खबर डट कमबाट साभार