• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  सम्पादकीय
  • ३१८ पटक पढिएको
  • जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • सामाजिक सञ्जालमा हामी

    राजधानीमा भदौ २३ गते देखिएको दृश्यले लोकतन्त्र प्रति गर्व गर्नेहरूलाई नै लज्जामा पारिदिएको छ। शान्तिपूर्ण प्रदर्शन गर्दै सुशासन, पारदर्शिता र अभिव्यक्तिको स्वतन्त्रता मागिरहेका ‘जेनजी’ पुस्ताका निहत्था युवामाथि सरकारले गोली वर्षायो । यो कुनै सामान्य घटना होइन, यो पुस्ताको भविष्यमाथि गरिएको योजनाबद्ध आक्रमणको रुपमा सर्वत्र चर्चा हुन थालेको छ ।

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै चुलिएको असन्तोषलाई जतिसुकै सामान्यीकरण गर्ने प्रयास भए पनि सडकमा ढलेका युवा शरीरहरूले सरकारको असली अनुहार उघारिदिएका छन्। । युवाहरुको छाती र टाउकोमा लक्षित गोली प्रहारले केवल असंयमता होइन, यसलाई आतङ्ककै परिचायकका रुपमा लिन सकिन्छ ।

    युवाहरूले बोलेको कुरा सरल थियो । भ्रष्टाचार अन्त्य होस, समान अवसर मिलोस, नेताका सन्तानलाई मात्रै राज्यका स्रोतमा भागीदार नबनाओस् तर यो सामान्य मागलाई पनि सरकारले घातक रूपमा बुझ्यो। परिणाम पानीको फोहोरा, अश्रुग्यासभन्दा टाढा गएर प्रत्यक्ष गोली प्रहार गर्नु नै यसको प्रमाण हो।

    यस घटनापछि दर्जनौ आमा(बुबा)ले आफ्ना सन्तान गुमाए, साथीहरूले आफ्ना सहपाठी ढलेको दृष्यले झनै आक्रोस थप्यो । सम्पूर्ण राष्ट्रले भविष्यका आधारस्तम्भ युवाहरू रगताम्य सडकमा ढलेको तस्वीर देख्यो। यी सबै दृष्य र भावनात्मक पिडाले जेनजीप्रति सहानुभूति जगाउनु स्वाभाविक हो। तर, सोही क्षण सरकारले देखाएको निर्ममता प्रति आक्रोश उम्लिनु पनि कुनै नौलो विषय होइन ।

    सरकार अहिले पनि दमनमै अडिएको छ। तर, इतिहासले प्रमाणित गरिसकेको छ दमनले असन्तुष्टि थामिँदैन, बरु विस्फोट हुन्छ, उग्ररुप लिन्छ । युवापुस्तामाथि गोली चलाएर शासन स्थिर राखिन्छ भन्ने सोच सरासर भ्रम हो। यस्ता कार्यले लोकतन्त्रको जग मात्रै होइन, सरकारको वैधानिकता नै कमजोर बनाउँछ।

    प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म, सुरक्षा संयन्त्रदेखि सत्तासाझेदार दलसम्म सबै यो रक्तपातका प्रत्यक्ष जिम्मेवार छन्। राजीनामा र जवाफदेहिताबाट मात्र यो अपराधको प्रायश्चित सुरु हुन्छ। राज्यको स्रोत लुट्ने, आफ्ना सन्तानलाई विशेषाधिकार दिने, जनतालाई घिसार्ने प्रवृत्तिको अन्त्य नगरेसम्म आन्दोलनको स्वर शान्त हुनेछैन।

    आजको आक्रोश केवल गोली चलाउने प्रहरीप्रतिको मात्र होइन, दशौँ वर्षदेखि देशलाई बन्दी बनाइरहेका राजनीतिक संस्कृति र नेतृत्वप्रतिको पनि हो। यही असन्तोषको प्रतिनिधि जेनजी हो जो अब करिअर र व्यक्तिगत जीवनभन्दा माथि उठेर देश को चिन्ता गर्दै सडकमा निस्किएको छ।

    जेनजीमाथि सहानुभूति देखाउने यो क्षण सरकारमाथि कठोर प्रश्न सोध्ने घडीको रुपमा विकास भएको छ । के सत्तामा बस्नेहरूको जिम्मेवारी जनताको जीवन सुरक्षित राख्नु होइन? के अभिव्यक्ति स्वतन्त्रताको घाँटी निचोरेर लोकतन्त्र टिक्छ ? के सर्वसाधरण नागरिकले आवज उठाउन नपाएने नै हो ? अनि आन्दोलन नियन्त्रणको मुख्य अस्त्र छाती र टाउको ताकेर गोली वर्षाउनु नै हो ?

    यदि सरकार र राजनीतिक दलहरूले अहिले पनि पाठ सिकेनन् भने, आजको आक्रोश भोलिको निर्णायक आन्दोलन बन्नेछ। युवाले मागेको नयाँ नेपाल कुनै भ्रम होइन, यही देशको अपरिहार्य भविष्य हो । लोकतन्त्र प्राप्तिमा सर्वसाधरण नागरिकको योगदान महत्वपूर्ण छ । लोकतान्त्रिक मान्यतालाई उपेक्षा गर्दै सर्वसाधरण प्रतिको वर्वरताले नागरिकमा रुष्टता बढने पक्का छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्पादकीय सम्बन्धि थप

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    ह्वातै बढेको बजार मूल्यले गरिबको दशैं खल्लो बन्दै

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution